(१) ईजाजतपत्रको अवधि एक आर्थिक वर्षसम्म कायम रहनेछ ।
(२) ईजाजतपत्र नवीकरण गराउन चाहने ईजाजतपत्रवालाले उपनियम (१) बमोजिमको अवधि समाप्त भएपछि नियम ४ बमोजिमको दस्तुर सहित अनुसूची—१ बमोजिमको ढाचामा अन्तशुल्क अधिकृत समक्ष दरखास्त दिई श्रावणमहिना भित्र
नवीकरण गराउनु पर्नेछ ।
तर कुनै ईजाजतपत्रवालाले चाहेमा तीन आर्थिक वर्षका लागि एकैपटक नवीकरण दस्तुर दाखिला गरी नवीकरण गराउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र ईजाजतपत्र नउत्पादन र पैठारी गर्ने बाहेकका इजाजतपत्रवालाले त्यस्तो अवधि नाघेको पहिलो तीन महिनाभित्र पच्चीस प्रतिशत, त्यसपछिको तीन महिनाभित्र पचास प्रतिशत, त्यसपछिको तीन महिनाभित्र पचहत्तर प्रतिशत र त्यसपछि असार मसान्तसम्मको अवधिको लागि शतप्रतिशत जरिवाना बुझाई नवीकरण गराउन सक्नेछ ।
(४) उपनियम (२) बमोजिमको अवधिभित्र नवीकरण नगराउने उत्पादन र पेठारी गर्ने इजाजतपत्रवालाले नवीकरण बापत लाग्ने दस्तुर र त्यस्तो अवधि नाघेको पहिलो तीन महिनाभित्र भए नवीकरण दस्तुरको पचास प्रतिशत र त्यसपछिको तीन महिनाभित्र शतप्रतिशत जरिवाना बुझाई इजाजतपत्र नवीकरण गराउन सक्नेछ।
(४क) उपनियम (३ ) बमोजिमको अवधिभित्र पनि नवीकरण नगराउने इजाजतपत्रवालाको इजाजतपत्र स्वतः खारेज हुनेछ।
(५) कुनै व्यक्तिले उपनियम (१) बमोजिमको ईजाजतपत्र नलिई कारोवार गरेमा ईजाजतपत्र वापत र सोको नवीकरण वापत लाग्ने दस्तुर असुल उपर गरी प्रचलित कानून बमोजिमको जरिवाना समेत बुझाउनु पर्नेछ । ।